नर्सहरु सिड्नी छोडेर अन्य शहर रोज्दै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यमा कार्यरत नर्सहरु धमाधम अन्य राज्यहरुमा जान थालेको पाईएको छ । कर्मचारी युनियनले गरेको एक सर्वेक्षणमा बढ्दो महँगी र कम तलबका कारण एनएसडब्लुमा कार्यरत नर्सहरु भिक्टोरिया र क्वीइनस्ल्याण्ड जान थालेको देखाएको छ ।

सर्वेक्षणको रिर्पोट अनुसार, हरेक १० मा ८ जना नर्स अन्य राज्यहरुमा जान चाहेको उल्लेख गरेका छन् । पछिल्लो ६ महिनामा ४ सय १२ नर्सहरु भिक्टोरिया लगायत अन्य राज्यमा स्थानान्तरण भइसकेको भन्दै नर्स तथा मिडवाइफरी युनियनले राज्य सरकारलाई गम्भिर बन्न ध्यानार्कषण गराउदै आएको छ । सर्वेक्षण अनुसार, न्यू साउथ बेल्समा कार्यरत नर्सहरुले अन्य राज्यको तुलनामा १८ प्रतिशत कम तलब पाईरहेका छन् भने एक लाख भन्दा बढी नर्स तथा मिडवाइफरी कार्यरत रहेका छन् ।

तलब देखि अन्य सेवासुविधाका कारण भिक्टोरिया र क्वीइनस्ल्याण्ड राज्यमा अधिकाँश नर्सहरुले काम गर्ने चाहना व्यक्त गरेका छन् । एनएसडब्लुमा नर्सहरुको औषत बार्षिक तलब ६९ हजार डलर रहँदा भिक्टोरियामा ८० हजार र क्वीइनस्ल्याण्डमा ७९ हजार डलर कायम रहेको बताईएको छ ।

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services