अस्ट्रेलियामा घट्यो बेरोजगारी, डार्विनमा बढी रोजगारी सिर्जना
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 days ago

सिड्नी । अस्ट्रेलियामा पछिल्लो महिना बेरोजगारी दर न्यून हुँदा डार्विनमा सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना भएको पाईएको छ ।

अस्ट्रेलियाको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको नोभेम्बर महिनाको विवरणमा अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतबाट ३.९ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । नोभेम्बर महिनामा ५२ हजार ६ सय नयाँ रोजगारी थपिएका छन् । यो अवधिमा क्रिसमस तथा नयाँ बर्षका कारण सिजनल रोजगारी थपिएको विभागले जनाएको छ ।

तथ्यांक अनुसार, नर्दन टेरोटरीको डार्विनमा सबैभन्दा बढी रोजगारी सिर्जना भएका छन्, त्यसपछि तास्मनिया, साउथ अस्ट्रेलिया, भिक्टोरिया, न्यु साउथ बेल्स, वेस्टर्न अस्ट्रेलिया, क्वीइन्सल्याण्ड रहेका छन् । भने एसीटीमा सबैभन्दा कम रोजगारी सिर्जना भएका छन् । अर्थमन्त्री जिम चाल्मरले सिजनल भन्दा स्थायी रोजगारी सिर्जना तर्फ सरकारले ध्यान दिईएको भन्दै निर्माण क्षेत्रमा दक्ष कामदारको अभाव पुर्तिका लागि प्रयास भइरहेको बताएका छन् । गत हप्ता सरकारले दक्ष कामदारका लागि, स्किल्स इन डिमान्ड भिसा जारी गर्ने घोषणा गर्दै कोर स्किल्स अकुपेशन लिष्ट पनि सार्वजनिक गरेको थियो ।

(Visited 41 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services