नेपालमा टिकटकले छिट्टै मनिटाइजेसन लागू गर्ने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 days ago

काठमाडौ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकले नेपालमा कहिलेदेखि मनिटाइजेसन फिचर सुरू गर्छ भन्ने धेरैलाई चासो हुन सक्छ।हाल अमेरिका, जर्मनी, युके, फ्रान्स, इटली स्पेन लयायतका देशहरूमा टिकटक मनिटाइजेसन फिचर उपलब्ध भएता पनि दक्षिण एसियाका कुनै पनि देशहरूमा यो फिचर हाल उपलब्ध छैन। मनिटाइजेसन फिचर नभएपनि नेपालमा लाइभमार्फत आम्दानी गर्नेहरू थुप्रै छन्।

लाइभमार्फत कन्टेन्ट बनाएर गिफ्टमार्फत आयआर्जन गर्दै आएका छन्।विस्तारै दक्षिण एसियामा टिकटक मनिटाइजेसन फिचर उपलब्ध गराउन, त्यसको सम्भावना र अन्य भित्री विषयमा छलफल भइरहेको दक्षिण एसियामा बाइटडान्सका ग्लोबल कम्युनिकेसन प्रतिनिधि इमाद जफरले बताएका छन्।

ुहालका लागि लाइभमा मात्र उक्त सुविधा प्रदान गरिएको छ। भिडिओ नै मनिटाइजेसन गर्ने फिचर दक्षिण एसियामा उपलब्ध गराउन कालान्तरमा कत्तिको सम्भावना छ भनेर छलफल भइरहेको छ,ु जफरले भने।यस्तै दीर्घकालीन रूपमा प्रयोगकर्ताहरूलाई मनिटाइजेसन फिचर उपलब्ध गराएपछि पैसा दिन सक्छौं कि सक्दैनौं लगायतका आयमबारे पनि थप अध्ययन गरेर हेर्न बाँकी भएको उनको भनाइ छ।

ुमनिटाइजेसनको कुरा नै नभएको भने होइन। विस्तारै यो फिचर नेपालमा पनि आउने सम्भावना छ। तर मिति नै भने तोक्न सकिने अवस्थामा छैनौं,ु उनले भने।यस्तै टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी र बडी फिल्टरमा प्रतिबन्ध लगाउने बताएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जफरले उक्त बालबालिकाहरूको समूहले ब्युटी फिल्टर प्रयोग गर्दा नकारात्मक असर पर्न सक्ने बताए। त्यसैलाई मध्यनजरमा राखेर ब्युटी र बडी फिल्टरमा प्रतिबन्ध गर्नका लागि काम भइरहेको जानकारी दिए। ‘यो उमेरका किशोरकिशोरीले फिल्टरको प्रयोग गर्दा उनीहरू मानसिक असर र स्वास्थ्यबारे जानकार हुँदैनन्,ु उनले भने, त्यही भएर विस्तारै उनीहरूले यो सुविधा प्रयोग गर्न पाउने छैनन्।’

उनका अनुसार साना बालबच्चा तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर उक्त नीति ल्याउनका लागि गृहकार्य भइरहेको हो।
सरकारले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।

जसअनुसार २०८० कात्तिक २७ मा बसेको तत्कालीन मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाएको थियो। तर २०८१ भदौ ६ गते बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

त्यसपछि कात्तिक २१ गते टिकटक आधिकारिक रूपमा दर्ता भएको थियो।टिकटकले नेपाल सरकारले राखेको सबै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमति जनाएको थियो। सोहीबमोजिम दर्ता प्रक्रिया पूरा भएपछि नेपालमाथि टिकटक प्रतिबन्ध फुकुवा भएको थियो।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्नुपर्ने जनाएको थियो।अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए।टिकटकले नेपालको नीति नियममा बसेर सञ्चालन गर्न तयार हुँदाहुँदै पनि प्रतिबन्ध लगाइएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services