अस्ट्रेलियाले १ सय २६ पेशालाई सीपमुलक सूचीबाट हटायो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । अस्ट्रेलियाले १ सय २६ पेशालाई कोर स्किल्स अकुपेशन लिष्टबाट हटाएको छ । लामो समयदेखि सीपमुलक मानिएका उक्त पेशाहरु हटाईएपछि हजारौँ आप्रवासीहरु अन्र्योलमा परेका छन् ।

डिर्पाटमेन्ट अफ होम अफियर्सले गत बुधबार सार्वजनिक गरेको ४ सय ५६ कोर अकुपेशन लिष्टमा यसअघि सीपमुलक मानिएका १ सय २६ पेशालाई हटाईएको छ । जसमा, क्याफे तथा रेष्टुरेष्ट म्यानेजर, ग्राफिक्स डिजाइनर, आइसीटि सर्पोट म्यानेजर, टेलि कम्युनिकेशन म्यानेजरदेखि इमजेन्सी सर्भिस ओरकरसम्म रहेका छन् । यी परिर्वतनहरुले अस्ट्रेलियालाई आवश्यक दक्ष कामदारको पुर्तिलाई सहज बनाउने विश्वास गरिएको छ ।

यसअघि, हटाउने चर्चा चलेको सेफ तथा कुकहरुलाई कोर लिष्टमै समावेश गरेपछि कुकरी अध्ययन र गर्ने होटल तथा रेष्टुरेष्टहरुमा काम गर्ने सेफ तथा कुकहरुलाई ठुलो राहत भएको छ । सरकारले जारी गरेको ४ सय ५६ कोर स्किल्स अकुपेशन लिष्टले ७० हजार भन्दा बढी दक्ष जनशक्तिलाई स्थायी वशोवाशको मार्ग प्रशस्त गर्ने बताईएको छ, जसका लागि सरकारले स्किल्स इन डिमान्ड भिसा जारी गर्ने घोषणा समेत गरेको छ ।

(Visited 66 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services