अस्ट्रेलियामा अर्ली चाइल्ड हुडमा आकर्षण
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियामा पछिल्लो समय अर्ली चाइल्ड हुड अर्थात बालबच्चा हेरचाह क्षेत्रमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढ्दै गएको छ । सरकारले यस क्षेत्रमा अध्ययन गर्ने अन्तराष्ट्रिय विद्यार्थीका लागि, स्किल एसिस्मेन्ट देखि पिआर पाथवे सम्म सहज बनाउँदै लगेपछि यसप्रति आकर्षण बढेको हो ।

उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुले अहिले अर्ली चाइल्ड हुड अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न किसिमका प्याकेज दिन थालेका छन् । कोभिड महामारीपछि अस्ट्रेलियामा नर्सहरुको माग बढे, जस्तै अहिले अर्ली चाइल्ड हुड टिर्चस्हरुको माग बढेको छ । परिवारका सदस्यसँगै बुवाआमा समेत काम व्यस्त रहनुपर्दा चाइल्ड केयरमा बालबच्चा भर्ना गर्ने क्रम बढेसँगै यस क्षेत्रमा अस्ट्रेलियाभर तत्काल २० हजार भन्दा बढी जनशक्ति आवश्यक रहेको सरकारी तथ्यांक रहेको छ ।

गृहमन्त्रालय अन्र्तगत इमिग्रेशन डिर्पामेन्टबाट बिहीबार भएको, पिआर इभिटेइशन राउण्ड पनि अर्ली चाइल्ड हुड टिर्चसहरुलाई उच्च प्राथामिकता दिईएको छ । डिर्पामेन्टले अहिलेसम्म तथ्यांक सार्वजनिक नगरेपनि टिर्चसहरुले ७५ प्वाइन्टमा इभिटेशन प्राप्त गरेका छन् । यस क्षेत्रमा काम गर्नेहरुले कमाई पनि राम्रो गरिरहेका छन् । उनीहरु बार्षिक ७० हजार डलरको हाराहारीमा आम्दानी गर्न सक्ने बताईएको छ ।

(Visited 50 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services