सिड्नी । वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा घर र कोठाको भाडा सबैभन्दा महँगो भएको तथ्यांक सार्वजनिक भएको छ । तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकमा घर र कोठाको मुल्यमा सिड्नीलाई उछिन्दै पर्थ सबैभन्दा महंगो शहर बनेको उल्लेख छ ।
तथ्यांक अनुसार, पर्थमा प्रतिहप्ता औषत ६ सय २९ डलर भाडा पुगेको छ भने सिड्नीको प्रतिहप्ता ६ सय १० डलर रहेको छ । वेस्र्टन अस्ट्रेलियाबासीले आम्दानीको ३१ प्रतिशत घरभाडाका लागि खर्च गनुपरेको गर्नुपर्दा, संघीय र राज्य सरकार माथि दबाब बढेको छ । संघीय सरकारले गतबर्ष आगामी चार बर्षभित्र अस्ट्रेलियाभर १२ लाख नयाँ घर बनाउने महत्वकांक्षी लक्ष्य लिईएपनि पर्याप्त जनशक्तिको अभाबमा उद्देश्य हासिल गर्न समस्या हुने देखिएको छ ।
पछिल्लो समय पर्थमा सिड्नी, मेलर्बन लगायतका शहरबाट विद्यार्थीहरु बसाइसराई गरि जाने क्रम बढ्नु र उद्देश्य अनुसार घर निर्माण नहुनु जस्ता कारणले कोठाको मुल्य आकाशिएको बताईएको छ । तथ्यांक अनुसार, मेलर्बनमा कोठाभाडा सबैभन्दा सस्तो रहेको भने, क्यानवेरा, ब्रिसबेन, एडिलेड, डार्विन लगायतका शहरमा स्थित रहेको देखिएको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services