दुई कलेजको अनुमति रद्द, हजारौँ विद्यार्थी मारमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 weeks ago

सिड्नी । मापदण्ड विपरित विद्यार्थीहरुलाई धमाधम शैक्षिक प्रमाणपत्र वितरण गरेको पाईएपछि अस्ट्रेलियाको दुई वटा कलेजको अनुमति रद्द भएको छ । विगत केहि बर्षदेखि विद्यार्थीहरुलाई आवश्यक मापदण्ड बिनै प्रमाणपत्र वितरण गर्ने, एलिट कलेज र इन्टरनेशनल इन्स्टिच्यूड अफ एजुकेशन एण्ड टे«निङ प्राइभेटले सञ्चालन गर्ने एडु भेट, कलेजको अनुमति रद्द गरिएको नियामक निकाय अस्ट्रेलियन स्किलस् क्विलिटी अथुरिटीले जनाएको छ ।

यी दुई कलेजले विगतमा करिब १० हजार भन्दा बढी अन्तराष्ट्रिय विद्यार्थीलाई स्किल एशीसमेन्ट र अन्य असाइन्मेन्ट बिना नै रकम लिएर प्रमाणपत्र वितरण गरेको थियो । पटक–पटक सचेत गराउँदा समेत कलेजले आफ्नो व्यवहारमा कुनै सुधार नगरेपछि यस्तो कदम चाल्नु परेको बताईएको छ ।

नोभेम्बर २१ बाट लागु हुने गरि कलेजको अनुमति रद्द भएपछि, सन् २०२५ का लागि भर्ना लिने सम्पूर्ण प्रक्रिया पनि बन्द भएको छ । नयाँ शैक्षिक सत्रका लागि यी दुई कलेजले करिब ८ सय अन्तराष्ट्रिय विद्यार्थी भर्ना गर्ने तयारी गर्दै थियो । ति मध्ये कतिपयको भिसा समेत लागिसकेको बताईएको छ ।

(Visited 49 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services