सिड्नीमा शुक्रबार र शनिबार ट्रेन नचल्ने, यस्तो छ कारण
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा शुक्रबार र शनिबार ट्रेन सेवा पूर्ण रुपमा बन्द हुने भएको छ । ट्रेन नेटवर्कमा कार्यरत कर्मचारी युनियनले ३२ प्रतिशत तलबबृद्धि र २४ सै घण्टा ट्रेन सञ्चालनको माग गर्दै दुइदिन पूर्ण रुपमा सेवा बन्द गर्ने घोषणा गरेको हो ।

न्यू साउथ बेल्स राज्य सरकार र कर्मचारी युनियनबीच पटक पटक वार्ता भएपनि निस्कर्षमा पुग्न नसक्दा कर्मचारीहरुले यस्तो अप्रिय निर्णय लिनुपरेको बताएका छन् । दैनिक लाखौ सर्वसाधारणले यात्रा गर्ने सिड्नी ट्रेन पूर्ण रुपमा बन्द हुँदा काम जाने र आउने मात्र नभई विकेन्डमा घुमफिरका लागि रमाउनेहरुलाई समस्या हुने भएको छ ।

कर्मचारी युनियनले मंगलबार, बिहीबारदेखि आइतबारसम्म ट्रेन सेवा बन्द गर्ने जनाएपनि बिहीबार साँझ ओलम्पिक पार्कमा रहेको एक कन्सर्टलाई लक्षित गरेर शुक्रबारबाट बन्द आब्हान गरेको बताईएको छ । न्यु साउथ बेल्स राज्यका यातायात मन्त्री जो हेलियनले बस रिपेलेस्मेन्ट सेवा सञ्चालन हुने भएपनि व्यापक ढिलाई हुने भन्दै सार्वजनिक क्षमायाचना गरेकी छन् ।

(Visited 42 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services