
सिड्नी । दुईहप्ताको अवधीमा अस्ट्रेलियाको विभिन्न राज्यमा ६ नेपालीले ज्यान गुमाएका छन् । प्रहरीले दिएको जानकारी अनुसार, सडक दुर्घटना र आगलागीमा परि उनीहरुको निधन भएको हो । सडक दुर्घटनामा परि एडिलेडमा तीन, मेलर्बन र सिड्नीमा एक/एक र आगालागीमा परि मेर्लवनमा थप एक जनाको ज्यान गएपछि अस्ट्रेलियामा रहेका नेपाली समुदाय स्तब्ध भएका छन् ।
एडिलेडमा फरक–फरक दुई सडक दुर्घटनामा तीन जनाको ज्यान जाँदा एक जना गम्भिर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनको उपचारमा सहयोग पु¥याउन आर्थिक अभियान समेत सञ्चालन गरिएको छ । सिड्नीमा मोटरसाइल दुर्घटनामा ज्यान गुमाएका विप्लब दाहालको पार्थिब शरिरको नेपाल फिर्तीका लागि अहिले आर्थिक संकलन अभियान पनि सञ्चालन भएको बताईएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पछिल्लो समय घटेको दुखद् घटनाहरुले नेपाली समाजलाई स्तब्ध बनाएको बताए । ‘हरेक ठाउँमा हामी, परिवारको चाहाना अनुसार आर्थिक संकलन देखि अन्य प्राविधिक सहयोग गरिरहेका छौँ’, उनले भने, ‘अहिले नेपाली डायस्पोराको सँख्या बढ्दो छ, त्यसैले आ–आफ्नो ठाउँमा भएको घटनामा हामी सहजीकरण गर्दै आएका छौँ ।’
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services