नेपाली चेली ऐश्वर्यलाई मेलर्बनमा ‘युवा अस्ट्रेलियन’ अवार्ड
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । पछिल्लो समय चर्चामा रहेको एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स प्रर्बद्धनमा नेतृत्वदायी भुमिका निर्वाह गरेकी २९ बर्षीया ऐश्वर्य कंसाकारले अस्ट्रेलियाको मेलर्बनमा प्रतिष्ठित अर्वाड जितेकी छन् ।

भिक्टोरिया राज्यले आफ्नो राज्यको तर्फबाट ‘युवा अस्ट्रेलियन सन् २०२५’ घोषणा गर्दै उक्त अवार्ड कंसाकारलाई प्रदान गरिएको जनाएको छ । भिक्टोरिया राज्यले युवा सहित अन्य विभिन्न विधामा बर्षेनी अवार्ड प्रदान गर्दै आएको छ । ऐश्वर्यले अर्को बर्ष संघीय सरकारले क्यानवेरामा आयोजना गर्ने राष्ट्रिय अवार्ड वितरण समारोहमा पनि सहभागिता जनाउनेछन् ।

विज्ञान र प्रविधिको क्षेत्रमा अस्ट्रेलियामा मात्र नभइ विश्वमै राम्रो पहिचान बनाएकी ऐश्वर्यले अवार्ड प्राप्त गरेपछि सरकारी सञ्चारमाध्यम एबिसी रेडियोलाई अन्र्तवार्ता दिदै, अवार्डले आफुलाई थप उत्साहित बनाएको बताएकी छन् । ऐश्वर्यले विज्ञान र प्रविधिमा आफ्नो करिअरसँगै यसप्रति युवा महिलाहरुलाई आकर्षित गर्न ओमन फर स्टिम परियोजना पनि सञ्चालन गरिरहेकी छन्, जहाँ विश्वभरका हजारौं महिलाहरु लाभाविन्त भएका छन् ।

(Visited 46 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services