तिहारलाई अस्ट्रेलियामा राष्ट्रिय पर्वको मान्यता दिन माग
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली र भारतीय समुदायले तिहारलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गर्दै उक्त दिन सार्वजनिक बिदा दिनुपर्ने माग गरेको छ ।

अस्ट्रेलियाको हरेक राज्य र टेरोटरीमा भव्य रुपमा मनाइने तिहार अर्थात दिवालीले यहाँका बहुसाँस्कृतिक चरित्रलाई थप बलियो बनाएको भन्दै हिन्दु काउन्सिल अफ अस्ट्रेलियाले राष्ट्रिय पर्वको रुपमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेको हो । काउन्सिलका अध्यक्ष साइ प्रभाबस्तुले लाखौँ सर्वसाधारणले मनाउने दिवालीलाई सरकारलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।

‘विभिन्न ३२ भन्दा बढी मुलुकबाट आएका सर्वसाधारणले दिवाली मनाउने गरेका छन्’ उनले स्थानीय ९ न्यूजलाई भनेका छन्, ‘अन्य विकसित मुलुकहरुमा पनि दिवालीका दिन सार्वजनिक बिदा दिने गरेको छ ।’ अस्ट्रेलियाको तथ्यांक विभागका अनुसार, अस्ट्रेलियामा २.७ प्रतिशत हिन्दु धर्मालम्बीहरु छन् । पछिल्लो समय नेपाली र भारतीयहरु कार्यरत विभिन्न कम्पनीहरुमा औपचारिक रुपमा तिहारको दिन बिदा दिन थालिएको छ । तिहारलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गर्नुपर्ने माग गर्दै संघीय सांसद् एन्ड्रयू चाल्टनले संसदमा आफ्नो राय व्यक्त गर्दै यसले अस्ट्रेलियालाई थप विविधतायुक्त राष्ट्र बनाउने बताएका थिए ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services