दसै तिहारलाई अस्ट्रेलियाको क्यालेन्डरमै समावेश गर्न माग
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियाको संघीय संसदमा अक्टोबर महिनालाई हिन्दु ह्यारिटिज महिनाको रुपमा मनाउनुपर्ने माग उठेको छ ।

हिन्दु क्यालेन्डर अनुसार, दसै, तिहार, लक्ष्मी पुजा, छठ जस्ता महत्वपूर्ण तिथीहरु अक्टोबर महिनामै पर्ने भएकोले अस्ट्रेलियामा रहेका हिन्दुहरुको सम्मानका लागि हिन्दु महिना घोषणा गरिनुपर्ने माग उठेको हो । न्यू साउथ बेल्स राज्यको पारामाटा क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद एन्ड्रयू चाल्टनले यस्तो माग गरेका हुन् ।

उनले दसै, तिहार जस्ता पर्वको नामै उल्लेख गरेर, यस्ता पर्वहरुले आपसी एकता, सद्भाव र आर्थिक उन्नतिमा टेवा पु¥याउने भएकोले, अस्ट्रेलियन क्यालेण्डरमै यसलाई समेटिनुपर्ने राय व्यक्त गरेका छन् ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services