सिड्नीमा भाडामा बस्नेलाई कानुनी अधिकार
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । सिड्नीमा कोठाभाडामा बस्नेहरुलाई खुशी खबर रहेको छ । न्यू साउथ बेल्स राज्य सरकारले कोठा तथा अर्पाटमेन्ट भाडामा लगाउनेसम्बन्धि रेन्टल रिर्फम ल, पाश गरेसँगै भाडा बस्नेहरुलाई महत्वपूर्ण कानुनी अधिकार प्राप्त भएको छ ।

यसबाट सिड्नी लगायत आसपासका सबबहरुमा बस्ने २० लाख भन्दा बढी सर्वसाधारण प्रत्यक्ष रुपमा लाभाविन्त हुने, सरकारी दाबी रहेको छ । सरकारले बिहीबार राति पाश गरेको कानुन अनुसार अब घरधनीले उपयुक्त कारण देखाएर बर्षको एकपटक मात्र कोठा र अपार्टमेन्टको भाडा बृद्धि गर्न पाउनेछन् । अहिलेसम्म, बजारमा कोठाको चरम अभाब हुँदा ६\६ महिनामा भाडा बृद्धि हुँदा रेन्टरहरु समस्यामा परेका थिए । त्यस्तै, भाडा बस्नेहरुले आफ्नो सहजताको आधारमा किस्ताबन्दी अर्थात अन्य कुनै स्किमको माध्यमबाट समेत भाडा तिर्न पाइनेछ । त्यस्तै, भाडामा बस्नुअघि तिनुपर्ने बोन्डलाई पनि बाध्यकारी बनाईएको छैन् ।

भाडा बसेकाहरुलाई घर पुननिर्माण तथा बेचविखनको नाममा तत्काल कोठा छोड्न बाध्य बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न एक उच्चस्तरीय टाक्स फोर्स गठन गर्ने समेत बताईएको छ । न्यू साउथ बेल्स राज्यका प्रिमियर कृश मिन्सले यी परिर्वतनहरु दशक यताकै ऐतिहासिक भएको भन्दै उत्कृष्ट शहरमा रेन्टरहरुको अधिकार थप, मजबुत भएको बताएका छन् ।

(Visited 35 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services