ब्रिसबेन बन्यो अस्ट्रेलियाको सबैभन्दा खुशी शहर
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । क्वीइन्स्ल्याण्ड राज्यको राजधानी ब्रिसबेन, अस्ट्रेलियाको सबैभन्दा खुशी शहर बनेको छ । विश्व ह्याप्पी सिटी इन्डेक्सले विभिन्न मापदण्ड र सर्वेक्षणका आधारमा विश्वभर खुशी शहरहरुको सुची सार्वजनिक गर्दा, ब्रिसबेन विश्वको २१ औै र अस्ट्रेलियाको सबैभन्दा खुशी शहर बनेको हो ।

नेपाली समुदायको समेत बाक्लो वशोवाश रहेको ब्रिसबेनमा २५ लाखको हाराहारीमा जनसँख्या रहेको बताईएको छ । सुशासन, वातावरणीय प्रभाब, आर्थिक अवस्था र सर्वसाधारणको प्रतिक्रियाको आधारमा ह्याप्पी इन्डेक्सले विश्वका २ सय ४० शहर, सुचीकृत गर्दा, पहिलो स्थानमा डेनमार्कको आरहर्ष शहर परेका छन् । अस्ट्रेलियाको मेलर्बन ४१ औँ, पर्थ ६१, होर्वाट ८७ र सिड्नी ११६ स्थानमा परेका छन् भने डार्विन, क्यानबेरा, एडिलेड लगायतका शहर निकै तल रहेका छन् ।

सर्वेक्षण अनुसार, डार्बिन सबैभन्दा अनह्याप्पी शहरका रुपमा सुचीकृत भएका छन् । हाउजिङ क्राइसिस र महँगीका कारणले अस्ट्रेलियाका शहरहरुको रेटिङ खराब बनेको ह्याप्पी इन्डेक्सले जनाएको छ ।

(Visited 62 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services