अस्ट्रेलियामा विद्यार्थी भिसा अस्वीकृत हुने दर उच्च
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । उच्च शिक्षा र रोजगारको आकर्षक गन्तव्य, अस्ट्रेलियामा भिसा आवेदन अस्वीकृत हुने दर ह्वात्तै बढेको छ । गत जुलाई १ गतेबाट नयाँ आप्रवासी नियम कार्यान्वयनमा आएसँगै भिसा आवेदन अस्वीकृत हुने क्रम अस्वभाविक तरिकाले बढेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २०२३ मा २४ प्रतिशत भिसा अस्वीकृत हुने गरेकोमा सन् २०२४ मा ५० प्रतिशत पुगेको छ । सरकारले अन्तराष्ट्रिय विद्यार्थीका लागि काम गर्न पाउने समय घटाउने, अनिवार्य कलेज तथा क्याम्पसमा हाजिर हुनुपर्ने देखि बैंक खाता चेक गर्ने र आवेदन शुल्क बढाउनेसम्म नीति लिएपछि भिसा अस्वीकृत दर बढेको बताईएको छ । अध्यागनम विभागले गत जुलाई १ भन्दा अघि अस्ट्रेलिया मै रहेका विद्यार्थीहरुबाट अत्यधिक आवेदन परेको जनाएको छ ।

पढाई सकेपछि पाइने टिआर भिसापछि फेरि विद्यार्थी बन्न नपाउने नियमका कारण अस्ट्रेलिया रहेका विद्यार्थीहरु हतार –हतारमा विद्यार्थीहरु भिसा अप्लाई गरेका थिए तर, त्यस्ता आवेदनहरु अहिले धमाधम अस्वीकृत भइरहेका छन् । आवेदन अस्वीकृत भएपछि उनीहरु आगामी यात्राबारे अन्र्योलमा परेका छन् । आवेदन अस्वीकृत भएका विद्यार्थीहरुका कारण माइग्रेशन विज्ञहरुको व्यस्तता पनि ह्वात्तै बढेका छन् ।

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services