ब्रिसबेनमा घट्ला त कोठा भाडाको मुल्य ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 hour ago

सिड्नी । घर र अर्पाटमेन्टको अभाबमा कोठाभाडा अत्यधिक महँगो भइरहेको सन्र्दभमा अस्ट्रेलियाको संघीय सरकारले क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा ११ सय घर निर्माण गर्ने घोषणा गरेको छ ।

नेपाली समुदायको समेत बाक्लो वशोवाश रहेको ब्रिसबेन आसपासका क्षेत्रमा अहिले पनि घर र कोठाको अभाबमा अन्तराष्ट्रिय विद्यार्थी र मध्यम आय भएकाहरु समस्यामा रहेका छन् । संघीय सरकारले साउथ ब्रिसबेन क्षेत्रमा ५ सय र अन्य क्षेत्रमा राज्य सरकारसँग सहकार्य गरेर थप ६ सय गरि ११ सय घर बनाउने घोषणा गरेको छ । यो परियोजनाका लागि संघीय सरकारको ३ सय ४० मिलियन र राज्य सरकारले ४ सय ५ मिलिय डलर खर्च गर्ने प्रधानमन्त्री एन्थोनी एलबनिजीले बताएका छन् ।

आप्रवासीको सँख्या बढेसँगै अस्ट्रेलियामा सन् २०२९ भित्र १३ लाख घर बनाउने महत्वकाँक्षी योजना अघि सारेको छ । पछिल्लो तथ्यांक अनुसार, निर्माण क्षेत्रमा पर्याप्त जनशक्ति नहुदा सरकारलाई उक्त लक्ष्य पुरा गर्न समस्या पर्ने देखिएको छ । नयाँ आप्रवासीको सँख्या कम हुदै गएपनि ब्रिसबेन, लगायत सिड्नी, क्यानबेरा, एडिलेड लगायतका शहरहरुमा कोठाको भाडा घट्न सकेको छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services