अस्ट्रेलिया अप्लाई गर्ने विद्यार्थीको सँख्या ५० प्रतिशतले घट्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया अप्लाई गर्ने अन्तराष्ट्रिय विद्यार्थीको सँख्या ५० प्रतिशत भन्दा बढीले गिरावट आएको छ । आप्रवासीको सँख्या अत्यधिक भएको भन्दै एकबर्षदेखि विभिन्न किसिमका कठिनाईपूर्ण प्रावधानहरु कार्यान्वयन गर्दै आएको अस्ट्रेलियामा भिसा अस्वीकृत हुने संभावना बढी र आवेदन शुल्क समेत अत्यधिक महँगो हुँदा विद्यार्थीहरुको रोजाईमा अन्य देशहरु पर्न थालेका छन् ।

हालै सार्वजनिक एक तथ्यांक अनुसार, यसबर्षको अगस्ट महिनामा विद्यार्थी भिसाका लागि १५ हजार २ सय ७० जनाले आवेदन दिएका थिए जबकी यो सँख्या गतबर्ष ३० हजार ७ सय रहेको थियो । सबैभन्दा कम आवेदन भोकेशनल कोर्समा परेका छन् । गतबर्षको अगस्टमा ५ हजार ९ सय ३१ विद्यार्थीले आवेदन दिएकोमा चालु बर्षमा जम्मा ११ सय ४४ रहेका छन् ।

भिसा अप्लाई गरेपछि पनि अस्वीकृत हुने संभावना उच्च रहेको र अस्ट्रेलिया आइसकेपछि पनि पहिला जस्तो सहज नहुने भएपछि आवेदन कम पर्न थालेको शैक्षिक सरोकारवालाहरुको भनाई छ । तथ्यांक अनुसार, एकबर्षको अवधिमा फिलिपिन्सबाट ८५ प्रतिशत, भारतबाट ७० प्रतिशत, नेपाल र भियतनामबाट ६५ प्रतिशत कम आवेदन परेका छन् । सरकारले सन् २०२५ मा २ लाख ७० हजार विद्यार्थीलाई मात्रै भिसा जारी गर्ने भएपछि अर्को बर्ष आवेदनको सँख्या झन कम हुने अनुमान गरिएको छ ।

(Visited 74 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services