अस्ट्रेलियामा बार्षिक औषत कमाई एक लाख डलर पुग्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । अस्ट्रेलियामा औषत बार्षिक तलब, पहिलो पटक एक लाख डलर पुगेको छ । अस्ट्रेलियाको तथ्यांक विभागलाई उद्दत गर्दै सरकारी सञ्चारमाध्यम एविसीले सार्वजनिक गरेको तथ्यांकमा गत मे महिनासम्म औषत साप्ताहिक तलब १९ सय २३ डलर ४० सेन्ट कायम भएको थियो । जहाँ महिला भन्दा पुरुषको तलब निकै धेरै देखिएको छ । पुरुषहरुले साप्ताहिक रुपमा २ हजार १४ डलर कमाउँदा महिलाहरुले १७ सय ८० डलर मात्रै कमाएका थिए ।

एबिसीले औषत कमाई एक लाख डलर पुगे पनि अधिकाँश सर्वसाधारणले बार्षिक ६७ हजार देखि ७० हजार डलरको हाराहारीमा कमाई गरिरहेको जनाएको छ । ‘तलबको अन्तर धेरै हुनु र धेरै कमाउने सँख्या बढ्दा, औषत आम्दानी बढेको देखिएको हो’ एविसीले भनेको छ । अन्तराष्ट्रिय विद्यार्थीहरुले हप्ताको २४ घण्टा मात्रै काम गर्न पाउने भएकोले उनीहरुको तथ्यांक भने समावेश गरिएको छैन् । पू

र्णकालीन कामदारले साप्ताहिक ३८ घण्टा काम गर्न पाइने भएपनि तलब स्केल तल माथि हुँदा आम्दानी पनि घटबढ हुने गर्दछ । आम्दानीको आकार बढेपनि दैनिक उपभोग्य बस्तु र घर र कोठाको भाडा पनि उस्तै गतिमा बढेका कारण सर्वसाधारणले बचत गर्न संघर्ष गरिरहेको अर्थविद्हरुले बताएका छन् । ‘अहिले आम्दानीको ठुलो हिस्सा ग्रोसरीमा जाने गरेको छ’ एविसीले भनेको छ ।

(Visited 48 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services