अस्ट्रेलियामा एज्ड केयर क्षेत्रमा अत्यधिक जनशक्तिको अभाब
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । अस्ट्रेलियामा एज्ड केयर अर्थात बृद्धबृद्धा स्याहारसुसार केन्द्रहरुमा ठुलो जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । देशरभ सञ्चालित एज्ड केयर सेन्टरहरुमा बर्षेनी आउने बृद्धबृद्धाहरुको सँख्या उल्लेख्य रुपमा बृद्धि भएसँगै जनशक्तिको अभाव बढ्नुका साथै एज्ड केयर सेन्टहरुमा बेडको क्षमता बढाउनुपर्ने देखिएको छ ।

जनशक्ति र बेड क्षमताको चर्को दबाब बढेपछि सरकारले यसबारे २० बर्षे कार्ययोजना बनाउने गृहकार्य थालेको छ । कोभिड महामारीपछि एज्ड केयर सेन्टरहरुको बेड क्षमता बृद्धि हुन नसक्दा अहिले सेन्टरहरुमा भीड निकै बढेका छन् । संघीय सरकारले सरोकारवाला निकाय, विपक्षी दल र आर्थिक विज्ञहरुसँग आगामी योजनाबारे आफ्नो धारणा माग गरेको छ । सरकारी अध्ययन अनुसार, बढ्दो उमेर र औषत आयुका कारण आगामी २० बर्षसम्म बार्षिक १० हजार बेडहरु थप्दै जानुपर्ने देखिएको छ ।

एज्ड केयर कम्युनिटि प्रोभाइडरका प्रमुख टम साइमोन्डनशनले आगामी दिन थप रजिस्टर्ड नर्स, प्रर्सन केयर देखि घरमै सुविधा दिने जनशक्ति पनि आवश्यक पर्ने बताएका छन् । ‘अहिले पनि ठुलो जनशक्तिको अभाब छ’, उनले भनेका छन्, ‘यो समस्या आगामी दिनमा अझ बढ्दै जानेछ ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services