मेलर्बनमा अध्ययन गर्ने विदेशी विद्यार्थी नगदै सहयोगको घोषणा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यले आफ्नो राज्यमा सञ्चालित क्याम्पसहरुमा अध्ययन गर्न चाहाने विदेशी विद्यार्थीहरुलाई नगदै सहयोग गर्ने घोषणा गरेको छ । संघीय सरकारले आप्रवासीको सँख्या धेरै भएको भन्दै सन् २०२५ मा गतबर्षभन्दा करिब ३० प्रतिशत कम विद्यार्थीलाई भर्ना गर्ने नीति लिएपछि भिक्टोरिया राज्यले अन्तराष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्न यस्तो नीति लिएको हो ।

भिक्टोरिया राज्यकी मुख्यमन्त्ती जसिन्ता एलनले आफ्नो राज्यमा सञ्चालित क्याम्पस तथा विश्वविद्यालयको कोर्ष अनलाइन मार्फत अध्ययन गर्ने तथा ती विश्वविद्यालयहरु मार्फत सम्बन्धन लिएर अस्ट्रेलिया भन्दा बाहिर सञ्चालन भएका क्याम्पसका विद्यार्थीहरुलाई नगदै सहयोग गरिने जानकारी दिएका छन् । संघीय सरकारले लिएको नीतिका कारण सबैभन्दा बढी मेलर्बनमा सञ्चालित विश्वविद्यालय र क्याम्पसहरु प्रभावित हुनेछन् ।

भिक्टोरिया राज्यको अनुमतिमा केहि क्याम्पसहरुले मंगोलिया र कतारमा भोकेशनल कोर्स सञ्चालन गरिरहेका छन् भने अस्ट्रेलिया आउन नपाएकाहरु विद्यार्थीहरुलाई अनलाइन मार्फत कक्षा सञ्चालन गर्दै आएको छ । मुख्यमन्त्री जसिन्ताले यस्ता विद्यार्थी र विश्वविद्यालयको सहयोगार्थ पाँच मिलियन बजेट विनीयोजन गरिएको समेत जानकारी दिएकी छन् ।

(Visited 48 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services