कुईनस्ल्याण्डमा सार्वजनिक यातायातको भाडा ५० सेन्ट कायम
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 weeks ago

सिड्नी । अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा आगामी चार बर्षसम्म सार्वजनिक यातायातको भाडा ५० सेन्ट कायम हुने भएको छ । अक्टोबर २६ मा हुने राज्यस्तरीय निर्वाचनलाई लक्षित गर्दै मुख्यमन्त्री स्टेभन माइल्सले एकमहिना अघि लागु गरेको उक्त प्याकेजलाई विपक्षी दलले समेत निरन्तरता दिने घोषणा गरेपछि आगामी चारबर्षसम्म कायम हुने भएको हो ।

सर्वसाधारणले एक महिनादेखि कुइन्सल्याण्डमा ५० सेन्टमा दिनभर सार्वजनिक यातायातमा यात्रा गर्दै आएका छन् । ट्रेन, बस र फेरिमा दैनिक १२ डलरसम्म खर्च गर्दै आएका सर्वसाधारणहरु ५० सेन्टमै यात्रा गर्न पाएपछि महँगीमा ठुलो राहत मिलेको बताएका छन् । सार्वजनिक यातायातको भाडा अत्यन्त सस्तो भएपछि एक महिनाको बीचमा कुइन्सल्याण्डको राजधानी ब्रिसबेन लगायत ग्रामिण क्षेत्रमा सार्वजनिक बसको प्रयोग १६ प्रतिशतले बढेको छ ।

त्यस्तै, ट्रेन प्रयोग गर्ने २२ र फेरि प्रयोग गर्ने ४३ प्रतिशतले बढेको छ । सार्वजनिक यातायात सस्तो हुँदा राज्यको मुख्य पर्यटकीय गन्तव्यमा एकै महिनामा २० प्रतिशत भन्दा बढी पर्यटक बढेका छन् । मुख्यमन्त्री माइल्सले सार्वजनिक यातायातको प्रयोग बढाउन र सडक जाम घटाउने उद्देश्य अनुसार कार्यक्रम घोषणा गरिएको र त्यसले एक महिनामै नतिजा दिएको बताएका छन् । सार्वजनिक यातायातको दैनिक भाडा ५० सेन्ट कायम गर्दा सरकारले बर्षेनी ३ सय मिलियन डलर बजेट बिनीयोज गनुपर्ने समेत उनले बताएका छन् ।

 

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services