अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा घटाउनु बाध्यता होः शिक्षामन्त्री
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियाका संघीय शिक्षा मन्त्री जेइसन क्लियरले अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा घटाउनु, बाध्यात्मक परिस्थिति भएको बताएका छन् । सरकारले सन् २०२५ का लागि जम्मा २ लाख ७० हजार मात्रै अन्तराष्ट्रिय विद्यार्थीलाई भर्ना गर्ने घोषणासँगै विश्वविद्यालयहरुले आपत्ति जनाइरहेका बेला मन्त्री जेइसनले, घर र कोठाको अभाव चर्किनुका साथै अध्ययन गर्ने भन्दा काम गर्ने उद्देश्यले विद्यार्थीहरु आउँदा समस्या उत्पन्न भएको दाबी गरेका छन् ।

सन् २०२५ मा साविकको भन्दा ५३ हजार विद्यार्थी, कम हुने भएपछि विश्वविद्यालयहरुले भविश्यमा नर्स, शिक्षक र पर्यटनका क्षेत्रमा ठुलो जनशक्तिको अभाब हुने चेतावनी दिएका छन् । शिक्षा मन्त्री जेइसनले कोभिड महामारी अघिकै हाराहारीमा अन्तराष्ट्रिय विद्यार्थी आउने भएकोले हल्ला गरे जस्तो समस्या नहुने बताएका छन् । ‘अब युर्निभर्सिटीहरुले बढी भन्दा बढी अस्ट्रेलियन युवाहरुलाई आफुतिर आकर्षित गनुपर्छ’ उनले भनेका छन्, ‘हामीले सोही आधारमा अनुदान पनि बढाउँदै लैजानेछौँ ।’ उनले युर्निभसिटीहरुले पनि आफ्नो होस्टेलहरुको क्षमता बृद्धि देखि अन्य कुरामा ध्यान दिनुपर्ने भन्दै उनले हाउजिङको समस्या कम हुदै गए, अन्तराष्ट्रिय विद्यार्थीको कोटा बढाउन सकिने बताएका छन् ।

सरकारले अन्तराष्ट्रिय विद्यार्थीको सँख्या अत्यधिक भएको भन्दै गतबर्ष देखि कठिनाईपूर्ण प्रावधानहरु लागू गर्दै आएको छ । सोही प्रावधानले अध्ययनका लागि अस्ट्रेलिया आउन चाहाने मात्र होईन् अस्ट्रेलियामै अध्ययन गरिरहेका विद्यार्थीहरु पनि समस्यामा परेका छन् ।

(Visited 65 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services