अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच नदिने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियाले बर्षमुनिको बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग बन्द गर्ने तयारी गरेको छ । सानै उमेरदेखि सामाजिक सञ्जालमा पहुँच दिँदा बालबालिकाको मनोवैज्ञानिक बृद्धि विकासमा नकरात्मक असर पुग्ने र विभिन्न स्क्यामरहरुको निशानामा पर्ने जोखिम बढेको भन्दै प्रतिबन्ध गर्न लागिएको हो ।

त्यसका लागि सरकारले संसद्मा एक विधेयक दर्ता गरेको छ, जुन विधेयक तत्काल कार्यान्वयनमा आउने यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो समय स्क्यामरहरुले बालबालिकाहरुलाई लक्षित गर्दै विभिन्न किसिमका हिंसात्मक गतिविधी सञ्चालन गरेको पाईएपछि सरकारले विशेष सर्तकता अपनाउन थालेको छ ।

साउथ अस्ट्रेलिया र भिक्टोरिया राज्यले बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच नदिने घोषणासँगै संघीय सरकारले स्पष्ट विधेयक बनाउन लागेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । संघीय सरकारले १५ बर्ष मुनिका बालिकालाई पूर्ण रूपमा बन्देज लगाउनु र १६ बर्षका बालबालिकालाई परिवारको सहमतिमा आंशिक पहुँच दिने गरि तयारी अघि बढाईएको छ । त्यसका लागि सरकारले उमेर भेरिफिकेशन टेक्नोलोजीको विकास गरिरहेको जनाएको छ ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services