अस्ट्रेलियामा भिसा रद्द हुँदा धमाधम शरणार्थी बन्दै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीलाई कडाई गर्ने नीतिका कारण अस्ट्रेलियामै रहेका विदेशी विद्यार्थीहरु धमाधम शरणार्थी बन्न थालेका छन् । सरकारले गत डिसेम्बरमा दर्श बर्षे आप्रवासी नीति जारी गर्दै अन्तराष्ट्रिय विद्यार्थीहरु माथि अनुदार नीति लिएसँगै विद्यार्थीहरु समस्यामा परेका छन् ।

एकबर्ष यता अस्ट्रेलिया अप्लाई गरेका ६० हजार भन्दा बढी विद्यार्थी भिसा अस्वीकृत भएका छन् भने अस्ट्रेलिया मै रहेका तर, तोकिएको भन्दा बढी काम गरेका, नियमित कलेज र क्याम्पस नगएका, बारम्बार कोर्स परिर्वतन गरेका तथा कलेजले दिईएका असाइन्मेटहरु नबुझाएका विद्यार्थीहरुको भिसा धमाधम रद्द भइरहेका छन् । विद्यार्थीहरु भिसा रद्द हुने वित्तिकै प्रोटेक्शन अर्थात शरणार्थी भिसा अप्लाई गर्ने र केहि सयम आफ्नो बसाई लम्ब्याउने गरेको गृहमन्त्रालय अन्र्तगत इमिग्रेशन विभागले जनाएको छ । हालै फाइनान्स रिभ्युले सार्वजनिक गरेको तथ्यांकमा गत जनवरीदे मे महिनासम्म १० हजार ७ सय २५ विद्यार्थीले शरणार्थी भिसा अप्लाई गरेका छन् ।

ति मध्ये चिनियाँ विद्यार्थीहरु सबैभन्दा बढी रहेका छन् । ‘मे महिनामा मात्रै ३ सय ५७ जना विद्यार्थीले प्रोटेक्शन भिसा अप्लाइ गरेका छन्, यो अझ बढ्ने देखिन्छ’ रिभ्युले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । सरकारले सन् २०२५ मा साविकको ५३ हजार कम अर्थात २ लाख ७० हजार मात्रै अन्तराष्ट्रिय विद्यार्थीलाई भर्ना गर्ने जनाएको छ ।

(Visited 103 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services