सिड्नीमा ट्रेन बन्द हुँदा निशुल्क बस चल्ने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । उच्च गतिको ड्राइभर रहित मेट्रो रेल विस्तार गर्नका लागि सिड्नीको व्याङस्टाउन लाइनमा एकबर्षका लागि ट्रेन सेवा बन्द गरिने भएको छ ।

सेप्टेम्बर ३० बाट १२ महिनाका लागि ट्रेन सेवा बन्द गरिने भएपनि, आयोजना सम्पन्न हुँदा एकबर्ष भन्दा बढी समय लाग्न सक्ने न्यू साउथ बेल्स राज्य सरकारले जनाएको छ । ट्रेन सेवा बन्द हुँदा सिड्नमदेखि व्याङस्टाउन सम्म करिब १२ भन्दा बढी सबबका सर्वसाधारणलाई काम आउजाउ गर्न समस्या हुने भएको छ । सरकारले एक महिनाअघि सिड्नमदेखि च्यासउड जोड्ने उच्च गतिको ड्राइभररहित मेट्रो रेल सञ्चालनमा ल्याईसकेको छ । राज्य सरकारले, रेल सेवा बन्द हुदाँ एकबर्ष सम्म निशुल्क नगर बस सञ्चालन गर्ने घोषणा गरेको छ ।

त्यसका लागि २ सय नगर बसहरु ट्रेनकै समयतालिका अनुसार सञ्चालन हुने र सकभर समयावधि कम गरिने राज्य सरकारकी यातायात मन्त्री जो, हेलियनले बताएकी छन् । ‘यो अवधि भर, स्थानीयलाई निकै समस्या हुनेछ, तर राम्रोको लागि हामीले केहि त गर्नपर्छ’, उनले भनेकी छन्, ‘रिप्लेसमेन्ट बस सर्भिसलाई प्रभावकारी बनाउनेछौँ ।’ राज्य सरकारले प्रभावकारी बस सेवाका लागि मुख्य हाइवेहरुमा ती थ्री नामबाट छुट्टै लेन समेत बनाएको जनाएको छ ।

(Visited 21 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services