अस्ट्रेलियामा एज्ड केयर क्षेत्रमा नर्सको अभाब बढ्दै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । अस्ट्रेलियामा एज्ड केयर अर्थात बृद्धबृद्धा स्याहारसुसार केन्द्रमा नर्सहरुको अभाब बढ्दै गएको छ । सरकारी तथ्यांक अनुसार, अस्ट्रेलियाभर सञ्चालनमा रहेका एज्ड केयर सेन्टरहरुमा बार्षिक ५५ हजार ५ सय ७२ नर्स आवश्यक पर्ने भएपनि अहिले ५० हजार २ सय ३२ मात्रै उपलब्ध रहेका छन् ।

एज्ड केयर क्षेत्रमा कार्यरत नर्सहरु विस्तारै अस्पताल तथा अन्य क्षेत्रमा विस्थापित हुनु, पर्याप्त तालिम र व्यक्तित्व विकासका साथै पारिश्रामिक समेत न्यून हुँदा यसप्रति आकर्षण कम हुदै गएको सम्बद्ध अधिकारीहरुले जनाएका छन् । अस्ट्रेलियन नर्सिङ एण्ड मिडवाइफरी फेडेरेशनका सेक्रेटरी एनी बटलरहरुले सरकारले समयमै ध्यान नदिए सन् २०२५ मा ९ हजार २ सय पूर्णकालीन नर्सहरु अभाव हुने जानकारी दिएकी छन् ।

‘यो सँख्या सन् २०३० सम्म पुग्दा, १३ हजार भन्दा बढी हुने अनुमान गरेका छौँ’ उनले भनेकी छन् । एक तथ्यांक अनुसार, अहिले एज्ड केयर सेन्टरहरुमा कार्यरत नर्सहरु अधिकाँश बाहिरी मुलुकका नागरिक रहेका छन् । ४० प्रतिशत भन्दा बढी नर्सहरु विश्वका विभिन्न मुलुकबाट ल्याउनु परेको नर्सिङ फेडेरेशनले जनाएको छ । पछिल्लो समय संघीय सरकारले एज्ड केयर क्षेत्रमा बजेट बृद्धि गर्दे लगेपनि पर्याप्त नभएको र नर्सहरुलाई सुविधा थप गर्दै जानुपर्ने आवाज सशक्त बन्दै गएको छ ।

(Visited 21 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services