सिड्नी, एडिलेड, पर्थ र ब्रिसवेनमा कोठा भाडा निरन्तर उकालो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहरहरुमा घरको मुल्य निरन्तर बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । घर र जग्गाको मुल्य र भ्यालु विश्लेषण गर्ने कोर लजिक होम भ्यालु इन्डेक्सले सोमबार सार्वजनिक गरेको तथ्यांकमा अगस्ट महिनामा ०.५ प्रतिशतले घरको भ्यालु बढेको जनाएको छ ।

अस्ट्रेलियामा विगत १९ महिनादेखि घरजग्गाको मुल्य निरन्तर बढिरहेको छ । अगस्ट महिनामा घरको औषत मुल्य ७ लाख ९८ हजार डलरबाट ८ लाख ३ हजार डलर पुगेको छ । तथ्यांक अनुसार, अगस्ट महिनामा पर्थमा सबैभन्दा बढी २ प्रतिशतले मुल्य बढेको छ । त्यस्तै, एडिलेडमा १.४ प्रतिशत, बिस्रबेनमा १.१ प्रतिशत र सिड्नीमा ०.३ प्रतिशतले मुल्य बढेको छ ।

अस्ट्रेलियाको राजधानी क्यानवेरा, अर्को ठुलो शहर मेलर्वन, होर्वाट र डार्विनमा भने घरको मुल्य घटेको छ । यी शहरहरुमा घरको मुल्य घटेपनि घरभाडाको मुल्य भने स्थिर रहेको जनाईएको छ । सिड्नी, एडिलेड र बिस्रबेन लगायतका शहरहरुमा घरको मुल्य बढेसँगै कोठाको भाडा पनि बढेको छ । निरन्तर बढ्दो कोठा भाडाका कारण अन्तराष्ट्रिय विद्यार्थी र मध्यम आय भएकाहरु समस्यामा परेका छन् । सरकारले बढ्दो घर भाडाको समस्यालाई सम्बोधन गर्न अर्को हप्ताबाट रेन्ट रिलिफ प्याकेज ल्याउने जनाईएपनि, त्यसमा अन्तराष्ट्रिय विद्यार्थीहरुलाई भने समावेश गरेको छैन् ।

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services