विद्यार्थी ठग्ने १ सय ५० कलेज बन्द गर्दै अस्ट्रेलिया
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीलाई सही मार्ग निर्देशन नगर्ने १ सय ५० नीजि कलेजहरुलाई अस्ट्रेलियाको संघीय सरकारले सदाका लागि बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै, थप १ सय ४० वटा कलेजहरुलाई आफ्नो गुणस्तर सुधार गर्न चार महिनाको अल्टिमेटम दिएको छ ।

सीप तथा तालिम मन्त्री एन्ड्रयु गिल्सले पछिल्लो एकबर्षमा विद्यार्थीलाई दिईएका तालिमहरुको प्रमाण बुझाउन नसकेका भोकेशनल शिक्षा र तालिम उपलब्ध गराउने १ सय ५० कलेजहरु बन्द गर्ने निर्देशन दिएको बताएका छन् । विभिन्न देशबाट विद्यार्थी ल्याउने तर तालिम प्रदान नगर्ने, उनीहरुबाट लाखौँ रुपैयाँ असुलेर विद्यार्थीको भविश्य बर्वाद बनाउने गुनासो बढेपछि एकबर्ष यता सरकारले कडा निगरानी गरिरहेको छ ।

यस्ता कलेजहरुलाई अस्ट्रेलियामा घोस्ट कलेज भन्ने गरिएको छ । मन्त्री गिल्सले अल्टिमेटम दिईएका एकस १० कलेजहरुले प्रमाण देखाउन नसके, बन्द गर्नुको विकल्प नभएको बताएका छन् । ‘विद्यार्थीलाई गलत ढँगले कसैले पनि प्रयोग गर्न पाइदैन’ उनले भनेका छन् । सरकारले, बन्द हुने कलेजहरुमा अध्ययन गरिरहेका विद्यार्थीहरु निरन्तर कलेज गइरहेको भए, उनीहरुलाई अर्को कलेजमा भर्नाको व्यवस्था मिलाइने समेत जनाएको छ ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services