पाँच बर्षका सबैभन्दा धेरै तलब बढेको दश पेशा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियामा हरेक बर्ष महँगी बढ्दै गएको छ । तर, केही यस्ता पेशा छन्, जहाँ विगत पाँच बर्षमा महँगी भन्दा तलब उच्च रुपमा बढेको छ । अस्ट्रेलियामा रोजगारी र काम जानकारी दिने वेभसाइट सीक ले सन् २०१९ देखि हालसम्म सबैभन्दा छिटो तलब बृद्धि भएको १० पेशाको सुची सार्वजनिक गरेको छ । जसको पहिलो नम्बरमा बेकरहरु छन् ।

ब्रेड तथा पास्टरी उत्पादनसम्बन्धि काम गर्नेहरु बेकरहरुको तलब पाँच बर्षमा ३४.१९ प्रतिशतले बढेर, अहिले प्रतिघण्टा ३० डलर पुगेको छ । दोश्रो, नम्बरमा रहेको छ प्यानल विटर । कारहरुको प्यानल हटाउन, जडान गर्ने तथा मर्मतसम्भारका काम गर्ने प्यानल विटरहरुको तलब विगत पाँच बर्षमा ३२.२६ प्रतिशतले बढेर, अहिले प्रतिघण्टा ३८ डलर पुगेको छ । उनीहरु बार्षिक ७५ हजार डलरको हाराहारीमा आम्दानी गर्दै आएका छन् । तेस्रो नम्बरमा रहेको छ, बोइलर मेकर । बोइलर एक प्रकारको तातोजन्य उपकरण हो, जसले घर तथा अर्पाटमेन्टहरुमा तातोपानी, तातो हावा उत्पादन गर्दछ ।

यस्ता उपकरण उत्पादन, फिटिङ र सञ्चालनसम्बन्धि काम गर्ने मेकरहरुले आकर्षक तलब पाउँदै आएका छन्, उनीहरुको पाँच बर्षमा ३० प्रतिशतले तलब बढेको छ । चौथो नम्बरमा हेयर ड्रेसरहरु छन्, उनीहरुको २९.७ प्रतिशतले तबल बढेको छ । त्यस्तै, अत्यधिक माग रहेको, इस्काभेटर अपरेटरहरुको तलब पाँच बर्षमा २९.२६ प्रतिशले बृद्धि भएको छ । इस्काभेटर अपरेटरहरुले अस्ट्रेलियामा सरदर बार्षिक ८३ हजार डलर कमाउदै आएका छन् । त्यस्तै, निर्माणक्षेत्रमा मेसिन अपरेटरहरुको २८ प्रतिशत, सेक्युरिटी अफिसरहरुको २८.९९ प्रतिशत, मेकानिकहरुको २३ प्रतिशत र इलेक्टे«शियनहरुको २२ प्रतिशतले तलब बृद्धि भएको छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services