विद्यार्थी अभाबमा समस्यामा विश्वविद्यालयहरु
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 weeks ago

सिड्नी । नयाँ आप्रवासी नीतिका कारण अन्तराष्ट्रिय विद्यार्थीहरु सहज रुपमा आउन नपाउँदा अस्ट्रेलियाको ग्रामिण भेगमा सञ्चालित विश्वविद्यालयहरु समस्यामा परेका छन् । विगत एकबर्षदेखि अस्ट्रेलियाका विभिन्न राज्यको रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालयहरुले पर्याप्त मात्रामा विद्यार्थी भर्ना गर्न पाएका छैनन् । सरकारले विभिन्न राज्यमा ८ वटा विश्वविद्यालयलाई रिजनल क्षेत्रमा सञ्चालित विश्वविद्यालयको मान्यता प्रदान गरेको छ ।

कोभिड महामारीपछि अस्वभाविक ढँगले आप्रवासीको सँख्या बढेपछि सरकारले विद्यार्थी भिषामा कठिनाईपूर्ण प्रावधानहरु कार्यान्वयन गरेको छ, जसका कारण विद्यार्थी भिषा आवेदन देखि आयस्रोत र सम्पत्ति विवरणसम्मको सीमा बढाईएको छ । विगतमा राम्रो नतिजा नदिएका विश्वविद्यालय र कलेजहरुको सम्बन्धन समेत खारेज गर्ने नियम ल्याएपछि उनीहरु थप दबाबमा परेका छन् । सरकारले अर्को साता सन् २०२५मा विश्वविद्यालयहरुले अन्तराष्ट्रिय विद्यार्थी भर्ना सम्बन्धि कोटाको विस्तृत प्रतिवेदन जारी गर्ने जनाएको छ ।

उक्त कोटाले रिजनल क्षेत्रमा रहेका विश्वविद्यालयहरु थप मारमा पर्ने, विश्वविद्यालयहरुको छाता संस्था, युनिर्भसिटीज अस्ट्रेलियाले जनाएको छ । शिक्षा मन्त्रालयले यसअघि पाउँदै आएको कोटालाई ४० प्रतिशतमा झार्ने खाका प्रस्तुत गर्दा विश्वविद्यालयहरुले भने आपत्ति जनाउँदै आएको छ । अस्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीबारे कडा नीति लिएकै कारण एकबर्षमा ६० हजार भन्दा बढी आवेदन अस्वीकृत भएको जनाईएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services