
सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा सोमबारदेखि डाइभररहित मेट्रो रेल सञ्चालनमा आएको छ । न्यु साउथ बेल्स राज्य सरकारको करिब २२ बिलियन डलरको लागतमा सिड्नम देखि च्यासउड सम्म पहिलो खण्डको काम पूरा भएसँगै मेट्रो रेल सञ्चालनमा आएको हो ।
सन् २०१७ देखि निर्माण सुरु भएको मेट्रो रेलको अधिकाँश ट्रयाक जमिन मुनी टनेलमा बनाईएको छ, जसले अस्ट्रेलियाको आइकोनिक हार्बर ब्रिज भन्दा करिब ३५ मिटर तलबाट, छिचोलेर च्यासउडमा पुग्ने अधिकारीहरुले जनाएका छन् । ट्रेन र लाइट रेल भन्दा अत्यधिक गतिमा गुड्ने मेट्रो रेलले पिक आवरमा सर्वसाधारणलाई काममा आउजाउ गर्न सहज हुनेछ ।
प्रतिघण्टा एकसय किलोमिटरको गतिमा गुड्ने मेट्रोले समग्रमा २५ देखि ४० मिनेट समय बचत गर्ने न्यू साउथ बेल्स राज्यका मुख्यमन्त्री कृश मिन्सले बताएका छन् । ९ वटा याँ प्लेटफर्म बनाईएको उक्त रुटमा दैनिक ३ लाख सर्वसाधारणले यात्रा गर्ने अनुमान गरिएको छ । सरकारले सिड्नमदेखि व्याङस्टाउनसम्म दोश्रो खण्डको काम पनि तत्काल सुरु गर्ने जनाएको छ । त्यसका लागि यस खण्डमा एकबर्ष रेल सेवा बन्द गर्ने तयारी भएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services