सिट बेल्ट नलगाउँदा तीन हप्तामा ११ हजार डाईभर कारबाहीमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 weeks ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा सहि ढँगले सिटबेल्ट नलगाउँदा तीन हप्तामा ११ हजार भन्दा बढी ड्राइभर कारबाहीमा परेका छन् । सवारी दुर्घटनामा ज्यान गुमाउने अधिकाँशले सहि तरिकाले सिट बेल्ट नलगाउने गरेको पाईएपछि न्यू साउथ बेल्स राज्य सरकारले जुलाई १ तारिखबाट सिटबेल्ट सेन्सर सिसि क्यामेरा जडान गरेको थियो ।

रेड लाईट र मोबाइल फोन क्यामेरा जस्तै, सिट बेल्ट निगरानी गर्ने सिसि क्यामेरा जडान भएको तीन हप्तामै ११ हजार ४ सय पेनाल्टी जारी भएपछि सरकारी अधिकारीहरु आश्चयमा परेका छन् । गाडीमा यात्र गर्नेहरुले कतिसम्म लापरबाही गर्ने रहेछ भन्ने कुराको बलियो प्रमाण भएको भन्दै सडकमन्त्री जोन गरहामले अवस्था यस्तै हुने हो भने, बार्षिक एकलाख ड्राइभरहरु कारबाहीमा पर्ने बताएका छन् ।

बर्षौदेखि सिटबेल्ट अनिवार्य भएपनि, प्रयोगमा लापरबाही हुँदा दुघटनामा ज्यान गुमाउने २५ प्रतिशतले बढेको सरकारी तथ्यांक रहेको छ । गाडीमा ड्राभईभर अथवा यात्रुले सहि तरिकाले सिट बेल्ट नलगाए ४सय १० डलर र ३ डेमेरिट प्वाइन्ट जरिवाना तोकिएको छ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services