अस्ट्रेलियामा बेरोजगारी दर तीनबर्षकै उच्च
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी । अस्ट्रेलियाको बेरोजगारी दर तीनबर्ष यताकै उच्च विन्दुमा पुगेको छ । तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको जुलाई महिनाको बरोजगारी दर ४.२ प्रतिशत पुगेको जनाएको छ । यो तथ्यांक सन् २०२१ को नोभेम्बर यताकै उच्च भएको तथ्यांक विभागका एक अधिकारी केइट ल्याम्बले बताएका छन् ।

अस्ट्रेलिया अर्थतन्त्र निकै सुस्त हुँदा त्यसको प्रत्यक्ष असर रोजगारी सिर्जनामा परेको भन्दै तथ्यांक विभागले जुलाई महिनामा मात्रै ५८ हजार नयाँ रोजगारी सिर्जना भएको जनाएको छ । जुलाई १ तारिखबाट अस्ट्रेलियामा नयाँ आर्थिक बर्ष सुरु हुँदा तलब देखि अन्य दैनिक उपभोग्य बस्तुको मुल्य आकाशिएको छ । जुलाई महिनाको सकरात्मक पाटो भने, सिर्जना भएका रोजगारीहरु अधिकाँश पूर्णकालिन रहेका छन् ।

अल्पकालीन रोजगारीले तत्काल अर्धतन्त्रका सुचकहरु सकरात्मक देखिएपनि त्यसले दीर्घकालमा योगदान दिन नसक्ने अर्थविदहरुले बताएका छन् । ‘हरेक महिना रोजगारी सिर्जना हुने क्रम बढेपनि बजारमा काम खोज्ने सँख्या पनि बढेका कारण बेरोजगारीको तह बढेको हो’ विभागको प्रतिवेदनमा भनिएको छ । सरकारले बेरोजगारी दर बढेपनि रोजजारी सिर्जना हुने वातावरण बलियो बन्दै गएकोले निराश हुनुपर्ने अवस्था नभएको जनाएको छ ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services