सिड्नीबाट बेपत्ता सुभाषका परिवारले भेटे राजदुतलाई, खोजीमा तीब्रता दिन आग्रह
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखेको खोजीका लागि काभ्रेको पाँचखाल नगरप्रमुखले सक्रियता देखाएका छन् । उनको अगुवाइमा नेपालस्थित अस्ट्रेलियन राजदूतावासमा पुगेर राजदूत फेलिसिटी भोल्कलाई निवेदन बुझाइएको छ ।गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ । परिवारका सदस्यसहित प्रमुख मेयरको टोलीले राजदूत वोल्कलाई भेटेर तदारुकताका साथ बोलाखेको खोजी गरिदिन आग्रह गरेको थियो ।

‘राजदूतज्यूले सकरात्मक प्रतिक्रिया दिनुभएको छ । नेपालबाट अस्ट्रेलियन सरकारलाई गर्ने पहल गर्छौ र तुरुन्तै पत्र पठाउँछौं भन्नुभयो । हामी आशावादी छौँ,’ मेयर खरेलले भने ।सो अवसरमा नगरप्रमुख खरेलले राजदूत भोल्कलाई ‘सुभाष’को कागजातसहित खोजबिनका लागि निवेदन दिएका थिए । औपचारिक भेटघाटलगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको छ ।

यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ । न्यूसाउथवेल्स प्रहरीले उनको खोजी भइरहेको जनाए पनि परिवार भने नेपालमा चिन्तित छ ।

१० महिनाअघि अष्ट्रेलिया अध्ययनका लागि आएका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एक जना साथी विवाहका लागि नेपाल गएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्क बाहिर छन् ।

२८ वर्षीय सुभाषलाई कोग्रा प्रहरीले सिड्नी सिविडी, कोग्रा, बालमियान, बेक्स्ली क्षेत्रमा आवत जावत गरेका कारण यिनै क्षेत्रमा खोजी अघि बढाएको जनाएको छ । काभ्रेको पाँचखाल नगरपालिका–७ का बोलखे २० दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन् । (साभार रातोपाटी डटकम)

(Visited 24 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services