अस्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थी सँख्यामा भारी गिरावट
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । कडा आप्रवासी नीतिका कारण थपिएका कठिनाईपूर्ण प्रावधानले एकबर्षमा अस्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको सँख्या ५० प्रतिशतले घटेको छ । अस्ट्रेलियाको संघीय सरकारले हालै जारी गरेको तथ्यांक अनुसार नेपाली विद्यार्थीको भिसा आवेदनको अस्वीकृत दर गतवर्षको तुलनामा अत्यधिक बढेको छ ।शिक्षा मन्त्रालयको एक तथ्यांक अनुसार हाल ५७ हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेका छन् ।

तर यो संख्या वार्षिक रुपमा भने घट्दै जान थालेको छ । गतवर्ष नेपालबाट समग्रमा करिब २३ हजारले अध्ययनका लागि विद्यार्थी भिसा पाएकोमा यसवर्ष यो संख्या घटेर ११ हजारमा झरेको छ ।त्यस्तै, गतबर्ष १७ हजारले उच्चशिक्षा अध्ययनका लागि भिसा पाएकोमा यो संख्या घटेर यसवर्ष ८ हजारमा झरेको छ भने प्राविधिक शिक्षा (भेट) अध्ययनका लागि आउने विद्यार्थी संख्या गत वर्ष १ हजार ५६ रहेकोमा यसवर्ष जम्मा २६ जनालाई मात्र भिसा दिइएको छ ।

भिसा अस्वीकृत हुने क्रम बढेपछि नेपाली विद्यार्थीले अस्ट्रेलियामा अध्ययनका लागि दिने आवेदनमा समेत ब्यापक कमी आएको देखिएको छ । गतवर्ष करिब २५ हजारले उच्चशिक्षा अध्ययनका लागि भिसा आवेदन दिएकोमा यो संख्या घटेर १५ हजारमा झरेको छ ।हाउजिङ क्राईसिसको सम्बोधनसँगै, उच्च शिक्षा अध्ययनका लागि आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई ब्यवस्थित र ब्यवहारिक बनाउने उद्देश्यले अस्ट्रेलियाले कोरोनापछि बिभिन्न नयाँ नियम सार्वजनिक गरिरहेको छ ।जसमा विद्यार्थी भिसा आवेदन शुल्कमा बृद्धि गर्ने देखि यसअघि दिइरहेको सुविधा कटौती सम्म रहेका छन् ।

(Visited 42 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services