अस्ट्रेलियामा नौ महिनामा ६० हजार विद्यार्थी भिसा रिजेक्ट
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियाले पछिल्लो नौ महिनामा उच्च शिक्षा अध्ययनका लागि अप्लाई गरेका करिब ६० हजार अन्तराष्ट्रिय विद्यार्थीको आवेदन अस्वीकृत गरेको तथ्यांक सार्वजनिक भएको छ ।

गत डिसेम्बरमा नयाँ आप्रवासीको सँख्या घटाउने भन्दै सरकारले जारी गरेको कडा आप्रवासी नीतिका कारण कठिनाईपूर्ण प्रावधानहरु पूरा गर्न नसक्दा साविकको भन्दा ६० हजार कम भिषा जारी भएको युनिभसिर्टीस् अस्ट्रेलियाले जनाएको छ । यसैसाता अस्ट्रेलियाको संघीय संसद्मा अन्तराष्ट्रिय विद्यार्थीको कोटा निर्धारणसम्बन्धि बहसमा भाग लिदै युर्निभसिर्टीस् अस्ट्रेलियाका कार्यकारी अधिकृत लुके सेहीले कडा प्रावधान र सुस्ता भिसा प्रक्रियाका कारण विगतको बर्षभन्दा ६० हजार कम विद्यार्थीले अस्ट्रेलिया प्रवेश पाएको भन्दै यसले अस्ट्रेलियाको अर्थतन्त्रमा ठुलो धक्का पुगेको बताएका छन् ।

उनका अनुसार, अन्तराष्ट्रिय विद्यार्थी कम हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा १४ हजारले जागिर गुमाएका छन् भने ४ अर्ब भन्दा बढी आर्थिक घाटा भएको छ । सरकारले इन्टरनेशन एजुकेशनलाई थप सहज बनाउनुपर्ने भन्दै यहाँका शैक्षिक सरोकारवालाहरुले गृहमन्त्रीलाई सामूहिक पत्र पठाउने देखि विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।

(Visited 44 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services