अस्ट्रेलियामा चाइल्ड केयर क्षेत्रका कामदारको तलब थप १५ प्रतिशतले बढ्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले अर्ली चाइल्ड हुड (अर्थात) बालबालिका हेरचाह क्षेत्रमा काम गर्ने कामदारको तलब १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी एलबनिजीले बिहीबार उक्त घोषणा गर्दै यसले जनशक्तिको अभाब पुर्ति गर्न सघाउ पुग्ने बताएका छन् ।

अस्ट्रेलियामा चाइल्ड केयर क्षेत्रले चरम जनशक्तिको अभाब झेल्दै आएको छ । घोषणा अनुसार, १० प्रतिशत तलब आगामी डिसेम्बरबाट बृद्धि हुनेछ भने एकबर्षपछि थप ५ प्रतिशत तलब बृद्धि हुने जनाईएको छ । यस क्षेत्रमा काम गर्ने कामदारले प्रतिघण्टा कम्तिमा ३५ डलर पाउंदै आएका छन् । तलब बृद्धिसँगै कामदारहरुले प्रतिहप्ता कमितमा १ सय ३ डलर बढी पाउने छन् ।

प्रधानमन्त्री एलबनिजीले चाइल्ड केयर क्षेत्रका कामदारलाई समयानुसार तलब बृद्धि आवश्यक रहेको भन्दै उनीहरु त्यसको हकदार भएको बताएका छन् ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services