अस्ट्रेलियाको निर्वाचन आयोगमा खुल्यो जागिर, एक लाख कामदार भर्ना गरिदै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । अस्ट्रेलियाको निर्वाचन आयोगले अर्को बर्ष हुने संघीय निर्वाचनका लागि एक लाख अल्पकालीन कामदार भर्ना गर्ने भएको छ । सन् २०२५ को सेप्टेम्बरमा अस्ट्रेलियामा संघीय निर्वाचन हुदैछ ।

आयोगले विभिन्न पदका लागि एक लाख जनशक्ति भर्ना गर्ने भन्दै योग्यता पुगेकाहरुलाई तत्काल आवेदन दिन आब्हान गरेको छ । आयोगका अनुसार, सबैभन्दा बढी न्यू साउथ बेल्स राज्यमा ४२ हजार ६ सय कामदार आवश्यक परेको छ । त्यस्तै, भिक्टोरियामा ३३ हजार, कुइन्स्लयाण्डमा २५ हजार, वेस्टन अस्ट्रेलियामा १५ हजार, साउथ अस्ट्रेलियामा १० हजार ५ सय, तास्मनियाका लागि ४ हजार, नर्दन टेरोटरीका लागि २ हजार जनशक्ति चाहिएको छ ।

आयोगका एक अधिकारी टोम रोजरले फ्रन्टलाइनर पोलिङ स्टाफ, सुपरभाइजर, मोवाइल भोटिङ टोली र ग्राभिण भेगका लागि कामदार भर्ना गरिने जानकारी दिएका छन् । ‘यसका लागि कुनै किसिमका अनुभव चाहिदैन्, मात्र तपाँईसँग राम्रो इन्टेशन भए पुग्छ’ उनले भनेका छन् । सिटी एरिया भन्दा ग्रामिण भेगमा जनशक्ति पाउन ठुलो समस्या हुने आयोगले जनाएको छ । निर्वाचन भन्दा अघि र पछि गरि कम्तिमा ५ हप्तासम्म काम हुने र प्रति घण्टा ३५ डलरसम्म पारिश्रामिकको व्यवस्था गरिएको छ । आवेदन दिनका लागि १८ बर्ष पुगेको र अस्ट्रेलियन नागरिक हुनुपर्ने समेत आयोगले स्पष्ट पारेको छ ।

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services