सिड्नीमा सवारी चलाउँदा सिट बेल्ट नलगाए सिसि क्यामेराको फन्दामा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 month ago

सिड्नी । के तपाँई सिड्नीमा सवारी साधन चलाउदै हुनुहुन्छ ? यदि तपाँईले गाडी चलाउँदै हुनुहुन्छ भने विशेष सर्तकता अपनाउनुपर्ने बेला भएको छ । अब, सवारी चलाउँदा उपयुक्त तरिकाले सिटबेल्ट नलगाएपनि कारबाहीमा पर्नेछ । न्यू साउथ बेल्स राज्य सरकारले जुलाई १ तारिखबाट सिटबेल्ट सहि तरिकाले प्रयोग गरेको वा नगरेको अनुगमन गर्न विभिन्न स्थानमा सिसिक्यामेरा जडान गरेको छ ।

राज्य सरकारले सवारी दुर्घटनामा ज्यान गुमाउने करिब १५ प्रतिशत यात्रुहरुले सहि तरिकाले सिटबेल्ट नलगाएको तथ्यांक सार्वजनिक गर्दै, यसलाई न्यूनीकरण गर्न सिसि क्यामेरा मार्फत निगरानी गर्न लगिएको जनाएको छ । पहिलो चरणमा सिड्नीको आइकोनिक हार्वरब्रिज लगायतका ३० भन्दा बढी स्थानमा सिटबेल्ट सेन्सर क्यामेरा जडान गरिएको छ । सवारी साधनमा ड्राइभरका अतिरिक्त यात्रुहरुले पनि सहि तरिकाले अनिवार्य रुपमा सिटबेल्ट लगाउनुपर्नेछ ।

यदि, क्यामेराको सेन्सरले डिटेक्ट गरेको खण्डमा ३२० डलर नगद र २ डिमेरिट पोइन्टको जरिवाना तोकिएको छ । राज्य सरकारका सडक मन्त्री जोन गरहामले सिटबेल्ट सेन्सर क्यामेरा जडान हुनु महत्वपूर्ण कदम भएको भन्दै यसले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services