अस्ट्रेलियामा बढ्यो बेरोजगारी दर
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियामा जुन महिनामा मात्रै ५० हजार रोजगारी सिर्जना भएपनि बेरोजगारीको दर भने बढेको छ । अस्ट्रेलियाको तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको नयाँ तथ्यांकमा बेरोजगारी दर ४ प्रतिशतबाट ४.१ प्रतिशत पुगेको जनाएको छ ।

बजारमा नयाँ युवा पुस्ताले नयाँ अवर खोजी गर्दा, बलियो रुपमा रोजगारीका अवसर सिर्जना भएपनि बेरोजगारीको दर बढेको तथ्यांक व्यूरोका मुख्य लेबर तथ्यांक अधिकृत बिर्जोन जारर्भिसले उल्लेख गरेका छन् । अस्ट्रेलियामा गत अप्रिल देखि बेरोजगारी दर, ४ प्रतिशतको हाराहारी कायम रहँदै आएको थियो । जुलाई १ बाट नयाँ आर्थिक समेत सुरु भएको र नयाँ अर्थनीतिको कार्यान्वयनले थप रोजागारीका अवसरहरु सिर्जना हुने सरकारी दाबी रहेको छ ।

जुन महिनामा ट्रेडी, टुरिजम र निर्माणका क्षेत्रमा बढी रोजगारी सिर्जना भएको तथ्यांक विभागले जनाएको छ । एक अध्ययनले अस्ट्रेलियामा बढ्दो महँगीका कारण १७ लाख मानिसले पूर्णकालिन काम पाउन नसकेको अथवा दुई वटा काम गर्नपरेको देखाएको छ । बेरोजगारी दर बढ्दा, महँगी र बैंकको व्याजदरमा पनि प्रभाब पर्ने अर्थविद्हरुले जनाएका छन् ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services