यी हुन्, अस्ट्रेलियाका ६ सस्तो शहर
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियाको ट्राभल एजेन्सीहरुले घुमफिरमा रमाउनेहरुका लागि अस्ट्रेलियाका ६ वटा सस्तो शहरको सुची सार्वजनिक गरेको छ ।

कोभिड महामारीपछि पनि निरन्तर बढिरहेको महँगीका कारण सर्वसाधारणहरु घुमफिरमा खर्च गर्न संकोच मानिरहेको सन्र्दभमा एजेन्सीहरुले तुलनात्मक रुपमा सस्तो शहरहरुको सुची सार्वजनिक गरेको जनाएको छ । जसको पहिलो नम्बरमा एडिलेड रहेको छ । दोश्रोमा पर्थ, तेस्रोमा क्यानवेरा, त्यसपछि होर्बाट, ब्रिसबेन र गोल्डकोस्ट रहेका छन् । यी शहरहरु घुमफिरका साथै अन्तराष्ट्रिय विदार्थीहरुका लागि पनि सबैभन्दा बढी बस्न योग्य रहेको दाबी गरिएको छ ।

यी शहरहरुमा, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरुको उपलब्धता, दैनिक उपभोग्य बस्तु र कोठाको भाडा तुलनात्मक रुपमा सस्तो रहेको जनाईएको छ । अस्ट्रेलियाको सिड्नी र मेलर्वनलाई सबैभन्दा महँगो शहरका रुपमा उल्लेख गरिएको छ । मेलर्वनमा कोठाको भाडा सस्तो रहेपनि अन्य सार्वजनिक सेवासुविधा र उपभोग्य बस्तुहरु महँगो रहेको एजेन्सीहरुले जनाएका छन् ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services