अस्ट्रेलियामा १७ लाख मानिसले पूर्णकालिन काम पाउन सकेनन्
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियामा करिब १७ लाख मानिसले पूर्णकालिन काम पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ । उनीहरु आशिंक रुपमा काम गर्ने भएपनि बढ्दो महँगीका कारण थप कामको खोजीमा रहँदा बजारमा भने रोजगारीको अवसरहरु साँघुरो बन्दा, उनीह रु समस्यामा परेका छन् ।

अस्ट्रेलियाको तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, १.७ मिलियन सर्वसाधारण कामको खोजीमा रहेको जनाएको छ । ‘उनीहरु काम गर्ने भएपनि, पर्याप्त नहुँदा थप कामको खोजीमा छन्’ रिर्पोटमा भनिएको छ । अहिले अस्ट्रेलियाभर साढे १४ मिलियन अर्थात एक करोड चालिस लाख मानिस रोजगारमा छन् ।

बेरोजगारीको सँख्या गतबर्ष भन्दा २ लाखले बढेपछि सरकारको आलोचन भएको छ । विपक्षी दलका छाया मन्त्री ड्यान तेहानले सरकारले लिएका अर्थनीतिहरु असफल हुदा बेरोजगारीको सँख्या बढ्दै गएको आरोप लगाएका छन् ।

(Visited 44 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services