अस्ट्रेलियामा रोजगारीका अवसर साँघुरिदै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 months ago

सिड्नी । अस्ट्रेलियामा दिनप्रतिदिन रोजगारीका अवसरहरु कम हुदै गएको पाईएको छ । बढ्दो महँगीका कारण दुईवटा काम गर्ने कामदारको सँख्या धेरै हुनु र नव आप्रावासीको सँख्या अत्यधिक रहँदा विगत एक बर्षमा जागिरका लागि खुल्ने विज्ञापन भन्दा रोजगारीका लागि दिईने आवेदन १७.१ प्रतिशतले बढेको छ ।

अस्ट्रेलियाको म्याक्रो विजनेश डट कम डट एयुले विभिन्न सेक्टरको तथ्यांक विश्लेषण गर्दै सार्वजनिक गरेको लेखमा अस्ट्रेलियाको रोजगारी बजार संकट उन्मुख रहेको विश्लेषणा गरिएको छ । जागिरका लागि बजारमा आवेदकको तीब्र प्रतिस्पर्धा हुँदा रोजगारदाताका लागि ठिक हुने भएपनि, सबैका लागि अवसर कम हुदै जाने उल्लेख गरिएको छ ।

‘एकबर्षअघिसम्म बजारमा एउटा जागिरको विज्ञापन खुल्यो भने आवेदकको सँख्या औषतमा ३ जना हुन्थ्यो भने अहिले पाँच जना पुगेको छ’ लेखमा भनिएको छ । माइक्रो विजनेशका मुख्य अर्थशास्त्री, लेन्थ भेनले सरकारले रोजगारी सिर्जना तर्फ भन्दा पनि आप्रवासीलाई रोक्ने नीति लिएको बताएका छन् । ‘यो अर्थव्यवस्थाका लागि निकै घातक छ’ उनले भनेका छन् ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services