सिड्नीमा घर र कोठाको भाडा घट्ने संकेत
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा घर र कोठाको भाडा विस्तारै घट्दै गएको देखिएको छ ।

घरजग्गा सम्बन्धि आधिकारिक तथ्यांक दिने डोमिन डटकमले हालै सार्वजनिक गरेको तथ्यांकमा उच्च गतिले बढिरहेको घर र कोठाको मुल्य जुन महिनाको अन्तिमसम्म आइपुग्दा स्थिर अवस्थामा पुगेको जनाएको छ । ‘विगत एक बर्ष देखि निरन्तर बढिरहेको रियल स्टेटको मुल्य, जुन महिनाको अन्तिमसम्म आइपुग्दा न बढ्नु, न घट्ने अवस्थामा पुगेको छ’ डोमिनको रिर्पोटमा भनिएको छ, ‘घर र कोठाको मुल्य विस्तारै घट्ने संभावना देखिएको छ ।’

संघीय सरकारले गत डिसेम्बर पहिलो साता देखि कडा आप्रवासी नीतिका प्रावधानहरु कार्यान्वयन गर्दा, नबप्रवेशी आप्रवासीको सँख्या कम हुदै गएको छ भने नयाँ घर तथा हाउजिङ निर्माण प्रक्रियालाई तीब्र पारिएको छ । अहिले सिड्नीमा औषत कोठाको भाडा, प्रतिहप्ता ६ सय देखि ८ सय ५० डलरसम्म कायम रहेको छ । सिड्नीसँगै एडिलेड, पर्थ, होर्बाट लगायतका शहरमा पनि घर र कोठाको भाडा स्थिर हुदै गएको छ । अस्ट्रेलियाको अर्को मुख्य मेलर्वनमा भने कोठाको भाडा सबैभन्दा सस्तो रहेको छ ।

(Visited 40 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services