विद्यार्थी भिषा शुल्क बृद्धिमा विश्वविद्यालयहरुको आपत्ति
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियाको संघीय सरकारले विद्यार्थी भिषाको आवेदन शुल्क १ सय २५ प्रतिशतले बृद्धि गरेपछि यहाँका शैक्षिक सरोकारवालाहरुले कडा विरोध जनाएका छन् ।

अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि एकपछि अर्को कठिनाइपुर्ण प्रावधानहरु कार्यान्वयन गर्दै आएको अस्ट्रेलियाको डिर्पाटमेन्ट अफ होम अफिर्यसले नयाँ आर्थिक बर्ष अर्थात जुलाई १ बाट विद्यार्थी भिषा आवेदन शुल्क सात सय १० डलरबाट बढाएर १६ सय डलर पु¥याएको थियो ।

यस्तो बृद्धिले अन्तराष्ट्रियस्तरमा अस्ट्रेलियाको बद्नाम हुने इन्टरनेशल एजुकेशन एशोसिएशन अफ अस्ट्रेलियाका अध्यक्ष फिल हनिउडले टिप्पणी गरेका छन् । ‘यो विश्वास गर्न नसकिने बृद्धि हो, यसले हाम्रो शैक्षिक क्षेत्रमा अकल्पनीय असर पु¥याउनेछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । एकैपटक शतप्रतिशत भन्दा पनि धेरै बढ्दा, अस्ट्रेलिया पढ्न आउन चाहाने विद्यार्थीहरु प्रत्यक्ष मारमा पर्ने छन् ।

अन्तराष्ट्रिय विद्यार्थीहरुलाई निरुत्साहित पार्ने उद्देश्यले एकैपटक अनपेक्षित ढँगले शुल्क बृद्धि गरेको भन्दै उत्कृष्ट आठ विश्वविद्यालयले यसबारे सरकारले पर्याप्त ध्यान नपु¥याएको दाबी गरेको छ । अन्तराष्ट्रिय विद्यार्थीहरु आउन नपाउँदा अस्ट्रेलियाले अर्बौ डलर गुमाइसकेको भन्दै आवेदन शुल्क बृद्धि थप समस्या उत्पन्न हुने विश्वविद्यालयहरुले जनाएका छन् ।

(Visited 39 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services