वेस्टर्न अस्ट्रेलियामा चाइल्ड केयर क्षेत्रमा कामदारको अभाब, आकर्षक तलब अफर
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । वेस्टर्न अस्ट्रेलियामा बालबालिका हेरचाह अर्थात चाइल्ड केयर सेक्टरमा कामदारको चरम अभाव भएपछि आकर्षक तलबसुविधा अफर गरिएको छ ।

वेस्र्टन अस्ट्रेलियाको ग्रामिण भेग गोल्डफिल्ड, किमबेरलि, पिलबरा लगायतका स्थानमा कामचारको अभाब हुँदा त्यहाँको राज्य सरकारले बार्षिक १ लाख ५० हजार डलरको तलबसुविधा अफरको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्ट्रेलियन चाइल्ड केयर एलाइन्सले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, अस्ट्रेलियामा चाइल्ड केयर वर्करको अभाव, हरेक बर्ष २० प्रतिशत भन्दा बढीले बढिरहेको छ ।

कामदारकै अभाबका कतिपय ग्रामिण भेगका सेन्टरहरु बन्द हुदै गएको एलाइन्सले जनाएको छ । चाइल्ड केयरसम्बन्धि अध्ययन गरिरहेको र त्यसम्बन्धि अनुभव भएकालाई बस्न र खाने सुविधा समेत उपलब्ध गराईने वान ट्री कम्युनिटी सर्भिसकी प्रमुख कार्यकारी क्यारी हिलिअरले जानकारी दिएकी छन् ।

‘चाइल्ड केयर काम भनेको उच्च लेभलको जिम्मेवारी हो, त्यसैले पनि योग्य, अनुभवी र जिम्मेवार कामदार पाउन समस्या भइरहेको छ’, उनले स्थानीय सेभेन न्युजलाई भनेकी छन् । संघीय सरकारले पनि चाइल्ड केयर क्षेत्रमा बर्षेनी बजेट बढाउँदै लगेपनि कामदारको अभाबको समस्या भने समाधान हुन सकिरहेको छैन् ।

(Visited 42 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services