जुलाई १ बाट अस्ट्रेलियामा नयाँ आर्थिक बर्ष, तलब बढ्ने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । अस्ट्रेलियामा जुलाई १ बाट नयाँ आर्थिक बर्ष सुरु हुदैछ । सरकारले यहि आर्थिक बर्षबाट कामदारको तलब ३.७५ प्रतिशतले बढाउने घोषणा गरिसकेको छ । यससँगै यहाँको न्यूनतम तलब प्रतिघण्टा २३.२३ डलर कायम भएको छ ।

सरकारको यहि घोषणाले सार्वजनिक तथा नीजि क्षेत्रका लाखौँ कामदार प्रत्यक्ष लाभाविन्त हुनेछन् । सरकारले आर्थिक बर्षसँगै थ्री स्टेज ट्याक्स कटको नीति कार्यान्वयनमा ल्याउने भएको छ, जसले मध्यम आय भएकाहरुलाई ठुलो राहत महसुस हुने दाबी गरिएको छ । यसबर्ष सर्वसाधारणले गत बर्ष भन्दा २० देखि ५० प्रतिशतसम्म धेरै ट्याक्स रिर्टन पाउनेछन् ।

सरकारका अर्थमन्त्री जिम चाल्मरले परिवर्तित ट्याक्स नीतिका कारण महँगी मार खेपिरहेका सर्वसाधारणलाई धेरै राहत हुने बताएका छन् । कर नीतिमा आएको परिर्वतनका कारण यसपटक आफ्नो ट्याक्स रिर्टन गर्दा, सुक्ष्म ढँगले अध्ययन गरेर हिसाब गर्न समेत उनले आग्रह गरेका छन् ।

(Visited 32 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services