सिड्नीमा ट्रेन र बसको भाडाको बढ्ने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा आगामी सोमबारबाट सार्वजनिक यातायातका भाडा बढ्ने भएको छ । भाडा निर्धारण सम्बन्धि स्वतन्त्र आयोगले ३.६ प्रतिशत भाडा बढाउन सिफारिश गरेबमोजिम न्यू साउथ बेल्स सरकारले एडल्टका लागि ट्रेनमा ४९ सेन्ट, बस तथा लाइट रेलमा ४३ तथा फेर्रीमा ४४ सेन्टले भाडा बढ्ने जनाएको छ ।

सिड्नी ट्रेनले दिएको जानकारी अनुसार, ट्रेनमा एक पटक यात्रा गर्दा लाग्ने भाडा बढ्नेपनि साप्ताहिक रुपमा ५० डलर भन्दा बढी खर्च भए, भाडा रकम कम हुदै जानेछ । त्यस्तै, बालबच्चा तथा बृद्धबृद्धाहरुले साप्ताहिक २५ डलर भन्दा बढी खर्च गर्नुपर्ने छैन् ।

ट्रेन मार्फत डोमेस्टिक तथा इन्टरनेशनल एयरर्पोट जाने स्टेशन प्रयोग गर्दा लाग्ने शुल्क पनि बढाएर एडल्टका लागि १७.३४ तथा बालबच्चाका लागि १५.५० डलर पु¥याईएको छ ।

अस्ट्रेलियामा जुलाई १ बाट नयाँ आर्थिक बर्षको सुरुवात हुने भएकोले सार्वजनिक यातायातका साथै दैनिक उपभोग्य बस्तुहरुको भाउ समेत बढ्नेछ । सरकारले नयाँ आर्थिकबर्षसँगै कामदारको तलब पनि ३.७५ प्रतिशत बढाउने घोषणा गरिसकेको छ ।

(Visited 41 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services