भिक्टोरिया राज्यमा नर्सको तलब २८ प्रतिशतले बढाउन राज्य सरकार तयार
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 months ago

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नर्सहरुको तलब २८.४ प्रतिशतले बढाउन राज्य सरकार तयार भएको छ । नर्सिङ पेशालाई बेवास्ता गरेको र उचित तलबसुविधा नपाएको भन्दै राज्यभरका नर्सहरु अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिएपछि राज्य सरकारले आगामी चार बर्षभित्र २८ प्रतिशतले तलब बृद्धि गर्न सहमति जनाएको हो । यस सहमतिसँगै नर्सहरुको आगामी चारबर्षसम्म बर्षेनी न्यूनतम ९ प्रतिशत तलब बृद्धि हुनेछ ।

विभिन्न चरणका वार्ताहरु असफल भएपछि नर्सहरु विगत ४८ दिन देखि चरणबन्द आन्दोलनमा उत्रिएका थिए । नर्सहरुको आन्दोलनले आकस्मिक तथा अन्य अस्पतालका सेवाहरु प्रभावित भएपछि मेलर्वनमा राज्य सरकारको निकै आलोचना समेत भएको थियो । सहमतिसँगै भिक्टोरिया राज्यमा कार्यरत हजारौँ नर्सहरुलाई आत्मसम्मान मिलेको स्वास्थ्यकर्मी युनियनले जनाएको छ ।

युनियनले प्रेस विज्ञप्ति जारी गर्दै यसले भिक्टोरिया राज्यको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउनुका साथै नयाँ नर्सहरु भर्ना हुने बाटो समेत खुलेको जनाएको छ । भिक्टोरिया राज्यका स्वास्थ्यमन्त्री म्यारी आन, थोमसले एक अस्पतालमा स्वास्थ्यकर्मीहरुले भेट गर्दै, यस सहमतिको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको जनाएकी छन् ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services