
सिड्नी । अष्ट्रेलियाकी गृह मामिला मन्त्री क्लेयर ओनिलले ३४ वटा शिक्षा प्रदायक संस्थाहरूलाई गलत तरिकाले विद्यार्थी भर्ना गरेको चेतावनीसहित पत्र पठाएकी छन् । पत्रमा, विद्यार्थी भर्नामा नक्कली काम गरेको पाइएमा उनीहरूलाई दुई वर्षसम्मको जेल सजाय र विद्यार्थी भर्ना प्रतिबन्ध लगाउन सकिने उनले चेतावनी दिएकी रोयटर्सले जनाएको छ ।
विद्यार्थीको शोषण गर्ने र अष्ट्रेलियाको शैक्षिक प्रतिष्ठा धमिल्याउने गतिविधिलाई कुनै स्थान नदिने उनले स्पष्ट पारेकी छन् । पछिल्लो समय सरकारले जारी गरेको नयाँ आप्रवासी नीतिका कारण अन्तराष्ट्रिय विद्यार्थीको सँख्यामा गिरावट आएको बेला क्याम्पस तथा कलेजहरुले नक्कली विद्यार्थी भर्ना गरेको गुनासो व्यापक बनेको सन्र्दभमा गृहमन्त्रीको यस्तो चेतावनी बाहिर आएको हो ।
‘सक्कली र योग्य अन्तराष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियाले सधै स्वागत गर्छ, तर नक्कली विद्यार्थी भर्नामा कलेजहरुको शंकास्पद भुमिका देखिनु दुखद् हो’ उनले भनेकी छन् । नयाँ आप्रवासी नीति कार्यान्वयनमा आएपछि सन् २०२४ को सुरुवाती चार महिनामा दशक यता कै न्युन अन्तराष्ट्रिय विद्यार्थीले अस्ट्रेलियाको भिषा प्राप्त गरेका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services